अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद गठन, एमाले र कांग्रेसका एक-एक मन्त्री

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद गठन, एमाले र कांग्रेसका एक-एक मन्त्री


विराटनगर-कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। 

नवनियुक्त मुख्यमन्त्री एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाउनु भएको हाे। जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई काँग्रेस हुन्। 

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।