अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशबारे प्युठानबाट अध्यक्ष ओलीको उद्घोष, मध्यावधि रोक्न केदारलाई समर्थन

कोशी प्रदेशबारे प्युठानबाट अध्यक्ष ओलीको उद्घोष, मध्यावधि रोक्न केदारलाई समर्थन


प्युठान-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न कांग्रेसबाट विद्रोह गरेका सांसदहरुलाई समर्थन गरेर मुख्यमन्त्री बनाएको बताउनु भएको छ।
प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। ‘मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस विद्रोहीलाई समर्थन गरेको हो,’ ओलीले भन्नुभयो, ‘कोशी प्रदेशमा मध्याधिमा जाने अवस्थामा पुग्यो। हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठूलो खर्च हुन्छ। त्यसैले मध्यावधिबाट जोगाउनका लागि यो पल्ट जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिमा जानबाट जोगाएका हौँ।’
ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरुले विद्रोह गरेको उल्लेख गर्नुभयो । ‘कांग्रेसका केही साथीहरुले किन विद्रोह गर्नुभयो ?’, उहाँले भन्नुभयो, ‘कांग्रेसका नेताहरुले पुष्पकमल दाहालले जे भन्छन् त्यहि मान्न थालेपछि विद्रोह गरेका हुन्।’
कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछि लागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उहाँको भनाई थियो । ‘केही विद्रोही चेत पनि चाहिने रहेछ,’ ओलीले भन्नुभयो। कोशी प्रदेशमा कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेतको समर्थनमा केदार कार्की मुख्यमन्त्री हुनुभएको छ।

ओलीले ०८४ को निर्वाचनमा हरेक वटादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न आग्रह गर्नुभयो। ‘हरेक वटाबाट एमाले एक्लैले ५१ प्रतिशत भन्दा बढी ल्याउनुपर्छ। नेकपा ९एमाले०ले आफ्नै शक्ति निर्माण गर्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘जनताको शक्ति निर्माण गर्नुपर्छ। विभिन्न जनविरोधीहरुसँग मिलेर होइन परिवर्तनगामी शक्तिसँग मिलेर अघि बढ्नुपर्छ।’
ओलीले सुशासन विरोधी शक्तिहरुसँग मिलेर सुशासन ल्याउन नसकिने दाबी गर्नुभयो। ‘भ्रष्ट तत्वहरुसँग मिलेर सदाचारी शासन चलाउन सकिन्न। त्यसैले हरेक ठाउँबाट एमालेलाई एकल बहुमत चाहिएको छ,’ ओलीले भन्नुभयो, ‘हरेक पालिकाहरुबाट, वडाहरुबाट, प्रदेशबाट, केन्द्रबाट सबैतिरबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ । त्यसका लागि सबै साथीहरु एक ताल एक लयका साथ अघि बढ्न आग्रह गर्दछु।’ उहाँले धेरै बाजाहरु बजे पनि एउट ताल हुने दृष्टान्त उल्लेख गर्दै एमाले एकै ताल एकै सुरमा अघि बढ्नुपर्छ भन्नुभयो।
‘एमालेका नीति, निर्णयमा एकै ताल, एकै सुरमा हिड्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘अराजकता स्वच्छाचारिता लोकततन्त्र होइन। देशका लागि, जनताका लागि जानेर बुझेर सकारात्मक सोचका साथ सबै लाग्नुपर्छ।’

उहाँले युवा पुस्तालाई अघि बढाउने एमालेको नीति भएको भन्दै नदीले कुनै पनि भँगालो मिसिएपछि भेदभाव