अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ: उपाध्यक्ष शाक्य

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ: उपाध्यक्ष शाक्य


काठमाडौँ-नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनु भएको छ। आइतबार नेकपा (एमाले) काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरिय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनु भएको हाे।

उहाँले देशमा जात–जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताउनु भयो। उहाँले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताउनु भयो।

‘यतिबेला विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरविरोधहरु सिर्जना गर्ने काम भएको छ। यो बिल्कुल गलत काम हो भन्ने मलाई लाग्दछ’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामी जुन ढंगले मिलेर बसेका छौँ, हाम्रो राष्ट्रियतालाई बलियो बनाएर विश्वमै एउटा परिचय र पहिचान दिइराखेका छौँ। त्यो कुरालाई हामीले जिवित बनाउन सक्यौँ भने मात्रै अझै नेपाल र नेपालीको इज्जत रहन्छ। र विश्वसामु हामीले आफ्नो एकतालाई अझै बलियो बनाएर स्थापित गर्नसक्छौँ भन्ने लाग्दछ । संस्कृति हामीले गर्दै आएको पुजाआजा र सद्भाव मात्रै होइन, यसरी पनि हामीले जोडेर जानुपर्छ। र विविधता भएको देशमा एकतालाई मजबुत बनाउन सक्यौँ भने नेपाल र नेपालीको पहिचान बलियो हुन्छ।’ 

उहाँले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताउनु भयो। शाक्यले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरुलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताउनु भयो ।