अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा सरकार पुग्यो: विष्णु पौडेल

कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा सरकार पुग्यो: विष्णु पौडेल


रुपन्देही-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताउनु भएको छ।

२०८० असाेज २८ गते प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उहाँले मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको आरोप लगाउनस भभयो।

उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रको अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेसन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ ? अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन। आन्तरिक ऋण बढ्दैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ।’

प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको उहाँको दाबी छ। उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ । पूँजी पलयान भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मुकदर्शक बनेको छ।’

त्यस्तै, उहाँले मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादाबिपरीत दलको नेताहरु भएर काम गर्न नहुने बताउनु भयो। पौडेलले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको जिकिर गर्नुभयो।

उहाँले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गर्नुभयो।