अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँले मूल्य घट्यो

पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँले मूल्य घट्यो


काठमाडौं-नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य घटाएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटेको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएसागै मूल्य समायोजन गरिएको निगमले आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

यो सँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले छुट्याएको वर्ग अनुसार काठमाडौं तेस्रो वर्गमा पर्छ। सो वर्गमा दिपायल र पोखरा पनि समावेश छ। यहाँ डिजेलको मूल्य १६८ रुपैयाँ कायम भएको छ।

त्यस्तै,, पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज) स्थानमा पेट्रोलको मूल्य १६९.५० र डिजेलको मूल्य १६५.५० कायम भएको छ।