अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीद्वारा कात्तिक १ गते विश्वासको मत लिने तयारी

कोशीका मुख्यमन्त्री कार्कीद्वारा कात्तिक १ गते विश्वासको मत लिने तयारी


कोशी-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ। 

मुख्यमन्त्री कार्कीले दसैँअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे हाे। असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ। 

मुख्यमन्त्री कार्कीनिकट स्रोतका अनुसार सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ। एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे।

मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले एमाले र कांग्रेसका एक-एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे।