विराटनगर–मोरङको विराटनगरमा गएराति २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
असोज २८ गते राति विराटनगर महानगरपालिका ३ मा पार्किङ गरेर राखेको ट्रकको आडमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ पर्ने तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन्। १६ वर्षीय किशोर अर्को ट्रकमा काम गर्ने सहचालक भएका प्रहरीले जनाएको छ।
उनीहरुले गएराति विराटनगर महानगरपालिका–३ मा ती युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले जनाएको छ।
युवतीले प्रतिकार गरेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरी पुगेको थियो । प्रहरीले घटनास्थलबाट युवतीको उद्धार गर्दै तीन जनालाई पक्राउ गरेको हो।





प्रतिक्रिया