अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै छ: विष्णु पौडेल

सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै छ: विष्णु पौडेल


रूपन्देही-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताउनु भएको छ।

रुपन्देही उद्योग संघको ४५औं साधारणसभा तथा २३औं अधिवेशनको सोमवार बुटवलमा उद्‍घाटन गर्दै उहाँले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नभएको आरोप लगाउनु भयो।

उहाँले भन्नुभयो, ‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठीक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ ! सरकारको ध्यान यो गठबन्धन जोगिनुपर्यो भन्नेमा मात्र केन्द्रित छ। अध्ययन गर्ने, विश्लेषण गर्ने सरकारमा हुनेहरुलाई फुर्सद पनि छैन।’

सरकारले उद्योगी व्यवसायीको समस्या र अहिलेको अर्थसंकट बुझ्नै नसकेको बताउनु भयो।

जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको उहाँले टिप्पणी गर्नुभयो। देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार अझै नगरेको पौडेलले बताउनु भयो । सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी सन्तुष्ट हुने अवस्था नभएको पूर्वअर्थमन्त्रीसमेत रहेको उहाँको भनाइ छ। उद्योगी र व्यवसायीहरूको टाउकोमा घँगेरूको लाठी बर्साएको उहाँको टिप्पणी थियो।