उदयपुर-काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर-७ कटारी-गाईघाट सडक खण्डको अधेरीमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार अन्दाजी दिउँसो १ः४० काठमाडौंबाट झापातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००४ क २०७६ नम्बरको हायस गाडी पछाडीको बाँया टायर खुस्कीएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो।
चालक सिन्धुलीको सुनकोशी-५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम ननगरपालिका-६ का ७२ वर्षीय वृद्ध बलविरको अवस्था गम्भीर छ।
दुर्घटना लगतै जिप्रका र अस्थायी प्रहरी उद्धारका लागि घटनास्थल पुगेको थियो। उनीहरुलाई लगतै उपचारका लागि उदयपुर जिल्ला अस्पताल पठाइएको छ। झापा मेचीनगर नगरपालिका वडा नम्बर १० का १२ वर्षीय बालक संयम कार्कीदेखि पाँचथर फिदिम गाउँपालिकाका वडा नम्बर ६ का ७२ वर्षीय बृद्ध बलवीर विकलसम्मको उद्धार गरिएको छ।
सिन्धुली सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय चालक सागर ठाकुरीको टाउँकोमा गम्भीर चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् । उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि मोरङको बिराटनगरस्थित न्युरो हस्पीटल रेफर गरिएको छ। ईलाम सुर्यदय नगरपालिका ९ का ४० वर्षीया रेणुका गौतामको नाकमा चोट लागेको छ। उनको अवस्थामा भने सामान्य छ। रेणुकाकी १५ वर्षीय छोरा अनुपम आचार्य हात र अनुहारमा चोट लागे पनि अवस्था सामान्य छ।
झापा शिवसतासि नगरपालिका १ का ३० वर्षीय निर्देश भट्टराईको दाहिने हात, अनुहारमा चोट लागेको छ। उनको अवस्था बोल्न सक्ने छ भने उनको बहिनी १४ वर्षीया निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट देखिएको छ। सुनसरी बराह्रक्षेत्र नगरपालिका ५ बस्ने ३९ वर्षीय भीमकुमार खत्रीको दाहिने हात र छातीमा चोट लागेको छ। उनको अवस्थामा पनि बोल्न सक्ने रहेको उदयपुर प्रहरीले जनाएको छ।
झापा मेची नगरपालिका वडा नम्बर १० धुलावारीकी ३९ वर्षीया भारती कार्कीको दाहिने खुट्टामा चोट लागेको छ। दुर्घटना भएको गाडीमा सवार १२ वर्षीय बालक संयम कार्की भारतीका छोरा हुन्। मोरङ पथरी नगरपालिकाका १४ वर्षीय निरज निरौलाको दाहिने खुट्टामा चोट लागेको छ। ललितपुर गोदावारी नगरपालिका ११ बस्ने ४७ वर्षीय बिजय तामाङको दुबै हात, दाहिने खुट्टामा चोट लागेको छ। पाँचथर फिदिम नपा ६ का ७२ वर्षीय बलवीर विकको खुट्टा र अनुहारमा चोट लागेको छ। बृद्धा विकको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिराटनगर पठाइएको छ।
धनकुटा नगरपालिका ७ हुलाकटोलका ४७ वर्षीय रजित श्रेष्ठको बाँया खुट्टामा चोट लागेको छ। कन्चपुर भिमदत्त नगरपालिका १० का ३४ मुकेश चनको बाया हात, खुट्टामा चोट लागेको छ। झापा धुलाबारीका २७ वर्षीया अन्जु पोख्रेलको बाया हात, खुट्टामा चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेकी छन् । धनकुटा सागुरीगढी गाउँपालिका ६ का १८ वर्षीय रोशन राईको दुबै खुट्टामा चोट लागेको छ। सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय बिनोद राईको अनुहारमा चोट लागेको छ। सुनसरी झापा कंकाई नगरपालिका ४ बस्ने ३४ वर्षीय प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ। त्यस्तै भक्तपुर सुर्यविनाय नगरपालिकाका देवी दाहालको छोरी ८ वर्षीया आरध्या दाहाल खुट्टा र निधारमा चोट देखिएको छ।





प्रतिक्रिया