अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले आज गैरआवासीय नेपाली नागरिकता वितरण गर्दै, आचार्यलाई पहिलो नागरिकता

प्रधानमन्त्रीले आज गैरआवासीय नेपाली नागरिकता वितरण गर्दै, आचार्यलाई पहिलो नागरिकता


काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई आजदेखि नागरिकता वितरणको शुभारम्भ गर्नुहुने भएको छ ।  

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नागरिकता वितरण कार्यको शुभारम्भ गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

आजदेखि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनएको० ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रधान गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।