अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादह कृषी क्याम्पसको भवन उद्घाटनका लागि अध्यक्ष ओली आज झापा जाँदै

गौरादह कृषी क्याम्पसको भवन उद्घाटनका लागि अध्यक्ष ओली आज झापा जाँदै


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह स्थित कृषी क्याम्पसका प्रयोगशाला भवन उद्घाटनका लागि अध्यक्ष ओली यहाँ आउने हुनुभएको हो ।
नेकपा एमाले गौरादहका अध्यक्ष दिपक कार्कीका अनुसार यो भवन करिब ७ करोड रुपैंयाको लागतमा निर्माण भएको हो । तत्कालिन गौरादह बहुमुखी क्याम्पस भएको भवनमा अध्ययन अध्यापन भइरहेकोमा अब आफ्नै भवनमा विद्यार्थीहरुले पढ्न पाउने भएका छन् । अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला यहाँ त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस सम्बन्धनको प्रक्रिया सुरु गरिएको थियो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार भद्रपुर विमानस्थलमा ११.४५ अवतरण गरेर करिब १ बजे गौरादहमा पुग्ने तयारी छ । अध्यक्ष आजै अपरान्ह ३.३० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।