अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र देउवाले चारैतिर अन्धकार देखेपछि चिर्कटो सहमती : एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल

प्रचण्ड र देउवाले चारैतिर अन्धकार देखेपछि चिर्कटो सहमती : एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल


काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा राष्ट्रियसभामा विपक्षी दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक भविष्य अन्धकार देखेपछि चिर्कटो सहमती गरेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा बहुचर्चित चिर्कटो सहमतीका बारेमा व्यंगात्मक टिप्पणी गर्दै दाहालले कोशीमा काँग्रेसका विद्रोहीले एमालेसँग मिलेर सत्तामा साझेदारी गर्न थालेपछि आत्तिएर उनीहरुले चिर्कटो सहमती गरेको प्रष्ट पार्नु भएको छ । अन्धकारमय राजनीतिक परिवेशको भविष्यमा आधुनिक युगको कम्यूटर पनि नदेखि चिर्कटोमा लेखेर सहमती गरेको उल्लेख गर्नुभएको छ ।


चिर्कटो सहमती गरेकै दिन चितवनमा प्रधानमन्त्री प्रचण्डले सन्तोषको स्वास फेर्दै अब गठबन्धन जोगाइयो भनेको स्मरण गर्नुभयो । ९० सिट भएको काँग्रेसले ३२ सिटको माओवादीलाई बोक्ने देउवा काँग्रेसको हविगत सोही पार्टीमा रहेका विश्वप्रकाश र गगन थापाहरुले टुलुटुलु हेरिरहेका छन् कि के गर्दैछन् भन्ने दाहालको जिज्ञासा छ ।
चिर्कटोको तस्विर राख्दै दाहालले फेसुबकमा लेख्नु भएको छ-
यो नेपालका ३ नेताहरुले गरेको ऐतिहासिक सम्झौता हो । यसको यतिवेला ठुलो चर्चा छ । यसको ऐतिहासिक महत्व के रहेको छ भने जव शेरबहादुर दाइले कोशी प्रदेसको कांग्रेसलाई माओवादीको पाऊमा चढाऊनु भयो त्यति बेला खुट्टा लुला भएको तर केही धुकधुकी भएका कांग्रेस नेता शेखर कोईराला समुहका केदार कार्कीको नेतृत्वको कोशी प्रदेससभा सदस्यहरुले एमालेसँग प्रदेस सरकार बनाऊन सहयोग माग्नुभयो । मधायावधि निर्वाचन जोगाऊन एमालेले पनि साथ दियो र सरकार बन्यो । त्यसपछि प्रचण्ड र शेर ब. ले चारैतर्फ अन्धकार देख्नु भयो । केन्द्रीय सत्ता धर्मराएको वेला वहाँहरुले यो आधुनिक युगका कम्प्युटर सम्प्युटर केही देख्नु भएन । छेऊमा एऊटा पुरानो कागजको चिर्कटो भेट्नु भएछ र त्यो भेटेपछि लामो सास फेर्दै ९० सिट भएको कांग्रेसले ३२ सिटे माओवादीको नेतृत्वको सरकार यथावत राख्नका लागी तमसुक लेखेर सेखरलाई सहिछाप गराएछन् । ठिक त्यसै दिन सम्माननीय प्रधानमन्त्री ज्यूले चितवनमा गएर पहिलो बचन बोल्नु भएछ सत्ता टिकाईयो वर्तमान सत्ता गठबन्धन प्रति दृढ छौं भनेर सेखरलाई सही गराईयो।
त्यलैले यो कागज ऐतिहासिक छ । यो कागज हेर्नुहोस, यी अक्षरहरु हेर्नुहोस । कठैवरी देऊवा कांग्रेस‘। यो कांग्रेसमा गगन र विश्वप्रकासहरु पनि छन् क्यार ।
कोशी प्रदेसमा ३ सदस्यीय प्रदेस सरकार बनिसकेको छ । अव यो नाटकको पटाक्षेप भोली हुंदैछ । यो सरकारलाई क(कस्ले विश्वासको मत दिन्छन हेर्न वांकी छ ।