अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माटो बेचेर दसैँ खर्चको जोहो

माटो बेचेर दसैँ खर्चको जोहो


महोत्तरी-दसैंँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन्। दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका हुन् ।

अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन् । दसैंँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो सङ्कलनमा लागेका छन्।

मधेशका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन्। यस्ता घरका भित्ता बर्सेनि दसैँैं, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् । अहिले फरक–फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन्।

“कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चुरे नै पुग्नुपर्छ” सखारै १० जनाको समूहमा रातो माटो खन्न १५÷१६ किलोमिटर छिचोलेर बर्दिबास–३ को चुरे थुम्को पुगेका भङ्गाहा नगरपालिका–३ टिकुलिया बस्तीकी हेमकली चौधरी भन्नुहुन्छ, “यही मेहनतले आफ्नो घर पोत्न र दसैँैं खर्चको नगद जोहो गर्न माटो लगिन्छ।” रातो माटो एक बोरा ९४० किलो० घर पु¥याउन सके आफ्नो घर पोतेर नगद आर्जन गर्न पाइने उहाँ बताउनुहुन्छ।

पितृपक्ष सकिएर दसैँ प्रारम्भ भइसकेको छ। गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन्। माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही-७ की पारोवती ठाकुरले बताउनुभयो। अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्तता देखिन्छ।

बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिनुभएकी भङ्गाहा–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भन्नुभयो, “कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ।”

मधेशका खासगरी थारु, बाँतर र मुसहर बस्तीमा अहिले माटो सङ्कलनको होड चलेको छ। यी समुदायका महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन्। भङ्गाहा-५ राजपुरका ६८ वर्षीय पुरुषोत्तम पोखरेल भन्नुहुन्छ, “घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैंँ उम्दा देखिन्छन्।”

दसैँमा थारु, बाँतर र मुसहर महिलाको साथसङ्गतले अन्य जाति समुदायका महिला पनि अहिले माटो सङ्कलनमा लागेका छन्। दसैँअघि माटो जम्मा गर्नसके दसैँैं मेलामा रमाउन र ससाना नानीको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने गौशाला–१ रामनगरकी पवनवती महरा बताउनुहुन्छ । मधेशका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दसैँमा घर पोत्ने चलन छ।