अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषी क्याम्पसमा अध्यक्ष ओलीको भनाई : विद्यार्थीलाई व्यवहारिक र किसानलाई प्राविधिक ज्ञानको आवश्यकता

झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीले व्यवहाकि ज्ञान र किसानलाई प्राविधिक ज्ञान दिनुपर्ने बताउनुभएको छ ।
झापाको गौरादहमा आज कृषी क्याम्पसको उद्घाटन गर्दै अध्यक्ष ओलीले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञानको थुप्रो हुने तर व्यवहारिक ज्ञानको भण्डार रित्तो हुँदा त्यसलाई कृषीको उत्पादकत्व बढाउन नसकेको बताउनुभयो । यसैगरी किसानहरु व्यवहारिक ज्ञाना पोक्त भए पनि सैद्धान्तिक ज्ञानको अभावका कारण परम्परागत खेती किसानीलाई निरन्तरता दिनु परेको बताउनुभयो ।
‘किसानलाई खेतका गह्रामा लगेर पढाऔं । किसानहरुसँग सँगै राखेर काम सिकाउँ’ अध्यक्ष ओलीले भन्नुभयो ‘किसानहरुलाई विद्यार्थीले सिकेको प्राविधिक सीप सिकाँउ । यी दुई चिजको कम्बिनेसन भएपछि कृषी उत्पादन बढाउन सकिन्छ ।’
भmापाको उर्वर भूमीमा देशैभरीका विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान मात्र होइन कृषीको व्यवबहारिक ज्ञान समेत ग्रहण गर्न सक्ने बताउनुभयो । उर्वरा जमिन भएको नेपालमा टमाटर,खुसार्नी जस्ता कृषी उपजहरुमा भारतको भर पर्नु दुखदायी भएको अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले गौरादहमा सञ्चालित त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस गौरादह कृषी क्याम्पसको भवन निर्माणको उद्घाटन गर्नुभएको हो । बिएस्सीएजी पढाइ हुने यो क्याम्पस अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला नै सम्बन्धनको प्रक्रिया अघि बढाइएको थियो ।
कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले यस कलेजमा निशुल्क अध्ययन गराउने विद्यार्थीको कोटा थप गर्न माग गर्नुभयो ।