अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिदेशीय शृङ्खलामा आजदेखि, हिलो खेलमा नेपाल र युएई भिड्दै 

त्रिदेशीय शृङ्खलामा आजदेखि, हिलो खेलमा नेपाल र युएई भिड्दै 


काठमाडौँ–नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी  त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदैछ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगिताको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ ।

नेपालले कात्तिक २ र ४ गते हङकङसँग र कात्तिक ६ गते युएईसँग खेल्नेछ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ । 

शृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइनल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान हुनेछ । 

रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।