अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशसभाको बैठक सुरू

कोशी प्रदेशसभाको बैठक सुरू


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु भएको छ।

बैठकमा मुख्यमन्त्री केदार कार्कीले  प्रदेशसभा नियमावली २०७४ को नियम १२८ उपनियम (४)  बमोजिम विश्वासको मत लिने प्रस्ताव सदनसमक्ष राखेका छन्।

९३ जना प्रदेसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ। तर, कार्कीलाई गठबन्धनबाट विद्रोह गरेका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थन छ।

कोसी प्रदेशसभामा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। कांग्रेस पनि कार्कीलाई विश्वासको मत दिने र सत्ता पक्षको लाइनमा बस्ने निर्णय गरेको छ।

कार्की नेतृत्व कोसी प्रदेश सरकार गठन प्रक्रियामा राप्रपा भने तटस्थ छ।

गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्।  कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरेका छन्। तर, नव नियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकेको छैन।