अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो: संविधानको भावनाअनुसार अगाडि बढ्छु

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो: संविधानको भावनाअनुसार अगाडि बढ्छु


 विराटनगर-कोशी प्रदेशसभाका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएको छ। बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उहाँले विश्वासको मत मत माग्नु भएको हाे।

संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै उहाँले विश्वासको मत माग्नुभयो। ‌सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफूलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उहाँले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने बताउनु भयो। विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उहाँले विश्वासको मत दिन आग्रह गर्नु भयो।

उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्न सचेततापूर्वक अगाडि बढ्ने पनि बताउनु भयो। गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेशमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्कीले भन्नुभयो, ‘जनताको रगतले लेखिएको संविधानको धारा १६८ को (५) अनुसार मलाई विश्वासको मत दिँदैहुनुहुन्छ। यसका लागि माननीयज्यूहरुप्रति नमन गर्न चाहन्छु। नेपालको संविधानको भावना अनुसार, जनताआन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेश आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहुँच पुर्याउने अनुसार काम गर्नुपर्नेछ । त्यही शिलशिलामा म आफूलाई दिएको विश्वासलाई ध्यानमा राखेर म अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु।’