अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा कोशी सांसदले भन्नुभयो: मुख्यमन्त्री कार्कीलाई विश्वास मत दिन्छौं

जसपा कोशी सांसदले भन्नुभयो: मुख्यमन्त्री कार्कीलाई विश्वास मत दिन्छौं


 विराटनगर-कोशी प्रदेश जनता समाजवादी पार्टी संसदीय दलकी नेता निर्मला लिम्बुले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताउनु भएको छ।

बुधबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतका पक्षमा बोल्दै उहाँले कार्कीलाई बधाई र शुभकामना दिँदै गठबन्धनका तर्फबाट जसपाले पनि विश्वासको मत दिने निर्णय गरेको बताउनु भएको हाे।

उहाँले स्थायी सरकारले मात्र कोशीको समस्या समाधान गर्ने बताउनु भयो।

‘कार्की नेतृत्वको सरकारले प्रदेश नामाकरणको समस्या हल गर्छ भन्ने विश्वास छ,’ लिम्बुले प्रदेश सभा बैठकमा भन्नुभयो, ‘हामी दलका तर्फबाट विश्वासको मत दिन्छौं।’

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ। ९३ सदस्यीय कोशी प्रदेश सभामा जसपाको एक जना मात्रै सांसद छ।