अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबी बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

एनएमबी बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त


काठमाडौं-एनएमबी बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (एसएमईएस) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रिनिरिययलडेभलोपमेन्ट बैंक (एफएमओ)बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ।
 
बैंक र एफएमओबीचको यस साझेदारीमा एफएमओबाट एनएमबी बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम एमएसएमई विकास र प्रवर्द्धनको लागि प्राप्त भएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।