काठमाडौँ-काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा गाडी बुधबार बिहान नालीमा खस्दा एक युवतीको मृत्यु भएको छ।
पनौती नगरपालिका-५ सुन्दरबस्तीमा बा.प्र.०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रोनिक गाडीले बा.६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेको हो।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका-१२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका गाडी तथा मोटटरसाइकलमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै काभ्रेको पनौती नगरपालिका–१० दाहालटारस्थित सडकमा रोकी राखेको बा.७ च ६२७७ नम्बरको बोलेरोमा बा.६५ प ७१३९ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-७ बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया