अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा एमालेसहित गठबन्धनका चार दलले कार्कीलाई विश्वासको मत दिने

कोशीमा एमालेसहित गठबन्धनका चार दलले कार्कीलाई विश्वासको मत दिने


काठमाडौं-नेपाली कांग्रेसबाट विद्रोह गरी कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीको पक्षमा पाँच दलले विश्वासको मत दिने भएका छन्।

नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा मत दिने भएका हुन्।

६ सांसद रहेको राप्रपा भने विपक्षमा उभिएको छ। 

शनिबार एमालेका ३९ र कांग्रेसको ८ सांसदसहित ४७ जनाको समर्थन लिएर कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

उहाँले बुधबार कोशी प्रदेश सभामा विश्वासको मत मागेका थिए। उनको पक्षमा गठबन्धनले मत दिने बुधबार नै निर्णय गरेको हो।