अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ: शंकर पोखरेल

एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि अहिले चौतर्फी घेरबन्दी र आक्रमण भइरहेको बताउनु भएको छ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा आयोजित बडादशैं, शुभदिपावली, नेपाल सम्बत् तथा छठ पर्वहरुको शुभकामना आदन-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने संकल्पसहित आफूहरू अघि बढेको बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले संकल्प गरेका छौं । एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्छ। त्यसको जगमा राष्ट्र निर्माणको काममा अघि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौं। मुलुकको राष्ट्रियताको पक्षमा एमाले र केपी शर्मा ओली त्यसको नेतृत्वकर्ता हुनुहुन्छ। एमाले सरकारमा हुँदा हामीले देशको शिरलाई उँचो पारेका छौं।’