अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको काँधमा जिम्मेवारी छ, त्यसैले देशको लागि काम गरिरहेको छ: अध्यक्ष ओली

एमालेको काँधमा जिम्मेवारी छ, त्यसैले देशको लागि काम गरिरहेको छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र प्रतिको कर्तव्य कहिल्यै पनि पूरा नहुने बताउनुभएको छ। उहाँले हरेक नागरिक सधैँ देशको पहरेदार हुने र हुनुपर्ने उहाँले बताउनुभयो।

बुधवार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सेना र प्रहरी नोकरीमा भूतपूर्व भए पनि देशको सेवामा कहिल्यै पनि भूतपूर्व नहुने बताउनुभयो। 

नेकपा एमाले समृद्ध नेपाल साकार पार्छौ भन्ने सङ्कल्पसाथ हिँडेको पार्टी भएको उहाँले बताउनुभयो। त्यसैले एमाले कार्यकर्ता सधैँ खुसी हुने र उत्सव मनाउने उहाँको भनाइ छ। 

जसले दुःख कष्ट बढी बेहोरेको छ त्यसलाई सुखको छुट्टै आनन्द हुने ओलीको भनाई छ। नेपाली नागरिकले लामा समय दुःख कष्ट भोगेकाले नेपालीलाई सुखको छुट्टै आनन्द आउने उहाँले बताउनुभयो । 

देशमा धेरै समस्या भएको बताउँदै ओलीले त्यसलाई क्रमशः समाधान गर्दै लैजाने ओलीले बताउनुभयो । ‘हाम्रो काँधमा जिम्मेवारी छ, त्यसैले त हामी काम गरिरहेका छौँ’, ओलीले भन्नुभयो। 

नेकपा एमाले सम्पूर्ण रूपमा आफ्ना अवयव सहित गतिशील रहेको उहाँले बताउनुभयो। त्यसैले एमालेले देश र समाज परिवर्तनको लागि काम गर्न सक्ने उहाँले दाबी गर्नुभयो । 

अहिले देश अराजकतातर्फ गइरहेको बताउँदै ओलीले यस्तो बेलामा हरेक नागरिकलाई अनुशासन सिकाउन आवश्यक रहेको बताउनुभयो । यस्तो बेलामा अनुशासनको महत्त्व सिकाउन भूतपूर्व सैनिक र प्रहरी संगठन सबैभन्दा उपयुक्त हुने उहाँको भनाइ छ । हरेक नागरिकलाई अनुशासनको पाठ सिकाउन सकियो भने मात्र सभ्य समाज निर्माण हुने ओलीले प्रष्ट पार्नुभयो ।