काठमाडौँ–लोकसेवा आयोगले स्वास्थ्य सेवाका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका लागि आवेदन आह्वान गरेको हो ।
दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद पनि बुझाउन सकिने जनाइएको छ ।
प्रतिक्रिया