काठमाडौँ–नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई राजनीतिक अधिकारसहितको नागरिकता दिन नसकिने बताउनुभएको छ । हिजो भएको एनआरएनए
नागरिकतासम्बन्धी छलफलमा गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिन नसकिने बताउनुभएको हो ।
कार्यक्रममा सहभागीमध्ये केही एनआरएनएले आफूहरुलाई राजनीतिक अधिकारसहितको वंशजको नागरिकता दिनुपर्ने बताउनुभएको थियो । उहाँहरुले यसो नगरिएर मानवअधिकारको उलंघन हुने दाबी पनि गर्नुभएको थियो ।
त्यसपछि सचिव झाँक्री कडारुपमा प्रस्तुत हुनुभएको थियो । आफूले एनआरएनएको अपमान गर्न नचाहेको भन्दै उहाँले विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्नुनपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला नेपालीले विदेश जान केके हर्कत गर्यौँ । त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्यौँ ? नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्यौँ । नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’
त्यसपछि कार्यक्रममा सचिव झाँक्रीको विरोध भएको थियो । तर उहाँले यस्ता विरोधले आफूलाई केही फरक नपर्ने बताउनुभयो ।







प्रतिक्रिया