अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान दिवसमा कैद माफी पाएका व्यक्ति प्रेमिका हत्या आरोपमा पक्राउ

संविधान दिवसमा कैद माफी पाएका व्यक्ति प्रेमिका हत्या आरोपमा पक्राउ


काठमाडौँ–राष्ट्रपतिबाट संविधान दिवसका दिन कैद मिनाहा पाएर जेलमुक्त भएका एक जना फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक रहेका छन् । उनले आफ्नै प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान मुसिकोट नगरपालिका– १ खलङ्गाको सत्कार होटलमा मृत फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा उनलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।  

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र लोकबहादुरको मोबाइल समेत बरामद गरेको छ।

मंगलबार साँझ खलंगास्थित डेराबाट पक्राउ परेका  लोकेन्द्रले भावनाको हत्या गरेको स्वीकार गरेका प्रहरीले बताएको छ ।