अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिदेशीय शृङ्खला : हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने 

त्रिदेशीय शृङ्खला : हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने 


काठमाडौँ–त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मुलपानी मैदानमा आज हुने खेलको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै हङकङलाई ब्याटिङको निम्तो दिएका हुन् । 

शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा हिजो (यूएई)विरुद्ध सात विकेटको जित निकालेको थियो । 

ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले हङकङसँग दोस्रो खेल कार्तिक ४ गते खेल्नेछ । त्यसपछि कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।