अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले फागुन १ लाई जनयुद्ध दिवस मान्दैन: महामन्त्री थापा

कांग्रेसले फागुन १ लाई जनयुद्ध दिवस मान्दैन: महामन्त्री थापा


काठमाडौँ-नेपाली कांग्रेस महामन्त्री गगन थापाले जनयुद्ध दिवस कांग्रेसलाई मान्ने नहुने बताउनु भएको छ।

नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उहाँले भन्नुभयो, ‘फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन। त्यो माओवादी पार्टीको कुरा हो। हामी मान्दैनौँ।’

पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने उहाँले बताउनु भयो। सरकारै सरकारमा रहेको पार्टीका नेता कार्यकर्तालाई ८४ मा हारिन्छ भनेर किन चिन्ताभन्दै उहाँले प्रश्न गर्नुभयो । 

महामन्त्री थापाले पपुलिजम रोगका रुपमा देखिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले विश्वमा पपुलिजको रोग छ। यो रोग विरुद्ध प्रेसका साथीहरू उभिनुपर्छ। प्रेसका समस्यामा हामी गम्भीर भएर लाग्छौँ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको उहाँले बताउनु भयो ।उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ। मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन् । त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ।’