अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने


काठमाडौं–नेकपा एमालेले २०८० कात्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा चियापना कार्यक्रम गर्ने भएको छ।

विगत वर्ष झैँ बडादसैं, शुभ दीपावली, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वको शुभकामना दिनका लागि एमालेले चियापान राख्न लागेको हो।

कात्तिक १४ गते तृतीयाका दिन दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ।

चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा चियापान गर्न राखिएको एमालेले जनाएको छ।

एमालेले प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कुटनीतिक नियोग, दातृ निकाय प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखहरूलाई बोलाउने तयारी गरेको छ।

एमालेले कोजाग्रत पूर्णिमा भोलिपल्ट चियापान आयोजना गर्ने गर्थ्यो। कोभिड-१९ का कारण केही वर्ष रोकिएको थियो।