काठमाडौं–दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले घटस्थापनादेखि आज (बिहीबार) बिहानसम्म दसैँ मनाउन साढे तीन लाख व्यक्तिले उपत्यका छाडेको जानकारी दिनुभयो।
प्रवक्ता भट्टका अनुसार पछिल्लो दिनमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ। उहाँले हिजो (बुधबार)मात्र ९८ हजारले उपत्यका छाडेको बताउनुभयो।
अहिले दैनिकरुपमा नागढुङ्गा, साँगााभञ्जाङ र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या बढ्दै गएको हो। यात्राको क्रममा यात्रुलाई कुनै समस्या नहोस् भनेर विभिन्न स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको उहाँको भनाइ छ।
विभिन्न प्रयोजनका लागि राजधानीमा बसोबास गर्दै आएकाहरू दसैँ मनाउन उपत्यकाबाट बाहिरिएका हुन्।





प्रतिक्रिया