अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृह जिल्ला झापामा अढाई दशक देखि अध्यक्ष ओलीको शुभकामना कार्यक्रम : आजको कार्यक्रम विर्तामोडमा

गृह जिल्ला झापामा अढाई दशक देखि अध्यक्ष ओलीको शुभकामना कार्यक्रम : आजको कार्यक्रम विर्तामोडमा


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अढाइ दशक देखि वडा दशैं लगायत चाडपर्वको शुभकामना कार्यक्रम आयोजनालाई निरन्तरता दिइरहनु भएको छ । सोही अनुसारका आज पनि झापाको विर्तामोडमा दशैं,तिहार,छठ,नेपाल सम्वत् लगायतका पर्वहरुको शुभकामना कार्यक्रमको आयोजना गर्नुभएको छ ।

एमाले जिल्ला कमिटीका सचिव शिव ढुंगेलका अनुसार दिउसो १२.३० बजे देखि विर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा कार्यक्रम हुने भएको हो ।
अध्यक्ष ओली काठमाडौंबाट विहान १०.१० बजे भद्रपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभामा विपक्षी दलका नेता देवेन्द्र दाहालका अनुसार २०५६ सालको भदौतिर पार्टीका तत्कालिन स्थायी कमिटी सदस्य ओलीसँग सल्लाह गरेर दशैंको नवमीको दिन हरेक वर्ष शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो । एमालेको झापा जिल्ला कमिटीका तत्कालिन सचिव दाहालका अनुसार ओलीले राजनीतिक उचाइ लिंदै गएपछि बढी समय काठमाडौंक कार्यक्रममा दिनु पर्दा जिल्ला र क्षेत्रका बासिन्दासँगको सामिप्यतालाई कम हुन नदिनका लागि यो कार्यक्रम निरन्तर गर्ने निर्णय गरिएको थियो ।
अध्यक्ष ओलीले आयोजना गर्ने शुभकामना कार्यक्रममा जिल्लामा उपलब्ध विभिन्न पार्टीका शिर्ष नेताहरुलाई पनि आमन्त्रण गर्ने गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,काँग्रेस नेता कृष्ण प्रसाद सिटौला महामन्त्री विश्प्रकाश शर्मा लगायतका नेताहरु कार्यक्रममा सहभागी हुने गरेका छन् । शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले सहभागीहरुसँग व्यक्तिगत भेटघाट गर्ने,तस्विर खिचाउने कार्यक्रमहरु हुने गर्दछन् । आजको कार्यक्रममा स्थानीय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रमको प्रदर्शनी समेत हुने ढुंगेलले जानकारी दिनुभयो ।

अध्यक्ष ओली दशैंका तीन दिन झापाको दमक स्थित आफ्नो निवासमा बस्ने नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।