अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा माओवादी र नेकपा एसका सयौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश

रौतहटमा माओवादी र नेकपा एसका सयौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश

रौतहटमा माओवादी र नेकपा एस त्यागेर भित्रिए सयौं नेता कार्यकर्ता


रौतहट-मधेश प्रदेशको रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा बिहीबार एमालेको फतुवा विजयपुर नगर कमिटिले लक्ष्मीनिया विजयपुर बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका शिवपुजन राय यादव, जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रभात कुश्वाहा, उपेन्द्र राय यादव, धर्मेन्द्र यादव, भागवत चौधरी, नेकपा एकिकृत समाजवादीका वीरेन्द्र राय यादव लगायतको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ।

उहाँहरुलाई एमालेका सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो। कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्यहरु पुरुषोतम पोडैल, अच्युत मैनाली, केन्द्रीय सदस्य अजय गुप्ता, उद्धव रेग्मी, अरविन्द सिंह, प्रभु हजरा, जिल्ला अध्यक्ष सचिदानन्द साहलगायतका नेताहरुले मन्तव्य राख्नुभएको थियो।