काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरिएको छ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका गोविन्द आचार्यले जानकारी दिनुभयो ।
सापकोटालाई आज प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र दिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रहिसकेका सल्लाहकार सापकोटा चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
प्रतिक्रिया