काठमाडौं-नेकपा एमालेले सुन तस्करीका सम्वन्धमा गृहमन्त्री माथि नैतिकताको मात्र नभई अनुसन्धानको पनि प्रश्न उठिसकेको दाबी गरेको छ।
विहिबार राष्ट्रिय सभाको बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले हालै त्रिभुवन विमानस्थलबाट १०० किलो भन्दा बढी सुन तस्करी भएका दिन त्यहाँका सुरक्षा तथा प्रशासन प्रमुखहरु विदामा रहनुले पनि थप शंका उत्पन्न गराएको बताउनुभयो।
विमानस्थलमा सुरक्षा जाँचका क्रमबाट फुत्किएको सुन सडकबाट पक्राउ पर्नुले गृहप्रशासन माथि प्रशस्त आशंका जन्माएको दाहालको भनाई छ। केही समय अघि मात्र स्थापित कम्पनीका नाममा शंकास्पद रुपमा विभिन्न नाममा ठूलो परिमाणमा बस्तु आयात हुनु गम्भीर शंकाको विषय भएकाले ती सवै विषयमा गम्भिर छानविन हुनु पर्ने दाहालले बताउनुभयो।
पछिल्लो पटक मात्र सुन तस्करी नभएको र लामो समय देखिको सिलसिला देखिएकाले ति सवै प्रकरणको छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने भन्दै दाहालले त्यस समितिले राष्ट्रिय सभाको समेत प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया