अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालका कम्यूनिष्टहरूको फैलावट नै झापाबाट भएको हो: विष्णु पौडेल

नेपालका कम्यूनिष्टहरूको फैलावट नै झापाबाट भएको हो: विष्णु पौडेल


झापा-नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झापालाई नेपालका कम्यून्ष्टिहरुले विशेष प्रकारले स्मरण गर्ने बताउनुभएको छ। अहिले नेपालमा भएका कम्यूनिष्टहरुको फैलावट नै झापाबाट भएकोले यस जिल्लालाई विशेष रुपमा स्मरण गरिने बताउनुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको विर्तामोडमा आयोजना गर्नुभएको दशैं लगायतका पर्वहरुको शुभकामना कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले सो कुरा बताउनुभएको हो।

‘हामी पश्चिम नेपालबाट राजनीति सुरु गर्ने मानिसहरुले झापालाई असाध्यै सम्मान गर्दछौं । ०२७, ०२८ सालतिर पूर्व कोशी प्रान्तीय कमिटी मार्फत झापामा किसान विद्रोह गरेर सुरु भएको सानो झिल्को नै अहिलेको नेकपा एमाले हो’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘त्यसै झापा विद्रोहका नेता केपी शर्मा ओलीले अहिले हाम्रो पार्टी हाँकिरहनु भएकोले यसमा सबैले गौरव गरेका छौं।’
उपाध्यक्ष पौडेलले दशैंको मुखमा गठबन्धन सरकारले खाद्य बस्तुमा अचाक्ली मूल्य बढाएको,देशबाट सुशासन हराएको, देश घना संकटमा फसेको बताउनुभएको छ।

उहाँले अध्यक्षज्यूले आयोजना गरेको कार्यक्रम मार्फत सम्पूर्ण झापालीहरुलाई विजयादशमी,दिपावली,छठ लगायत सम्पूर्ण चाडपर्वहरुको शुभकामना पनि व्यक्त गर्नुभएको छ।