अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा नेकपा एसको सिंगो मनहरी गाउँ कमिटी फर्कियो एमालेमा

मकवानपुरमा नेकपा एसको सिंगो मनहरी गाउँ कमिटी फर्कियो एमालेमा


मकवानपुरमकवानपुरको मनहरी गाउँपालिका वडा-९ को नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नेकपा एमालेमा एमालेमै फर्किएको छ।

नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको आयोजना गरेको कार्यक्रममा नेकपा एसको सिंगो कमिटी एमालेमा बिलय भएको हो । नेकपा एसका जिल्ला सदस्य तथा पूर्ववडा अध्यक्ष साधुराम अधिकारी, जिल्ला सदस्य मानबहादुर स्याङतान, रामचन्द्र सूबेदी, युबा संघ मनहरी अध्यक्ष कृष्णचन्द्र पुरीसहित सवै नेता–कार्यकर्ता आज एमालेमा भित्रिनु भएको हो।

नेकपा एसको सिंगो कमिटी एमालेमा बिलय भएको हो। नेकपा एसका जिल्ला सदस्य तथा पूर्ववडा अध्यक्ष साधुराम अधिकारी, जिल्ला सदस्य मानबहादुर स्याङतान, रामचन्द्र सूबेदी, युबा संघ मनहरी अध्यक्ष कृष्णचन्द्र पुरीसहित सवै नेता–कार्यकर्ता आज एमालेमा भित्रिनु भएको हो ।

एमालेमा मनहरीका अध्यक्ष नविन सुवेदीका अनुसार अब सो वडामा नेकपा एस भन्ने पार्टी छैन । एमालेमा समाहित भएका सवैलाई एमाले नेता तथा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरुले स्वागत गर्नुभयो।

कार्यक्रममा एमालेका प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, बद्री लम्साल, अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, एमाले मकवानपुरका नेताहरु मदन कुमार दाहाल, दिपक खड्का, सन्तोष चौलागाईले पनि नवप्रवेसीरुलाई स्वागत गर्नुभएको थियो ।