अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते, ५ गम्भीर

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते, ५ गम्भीर


मकवानपुर-मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ।

धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतलेमा दुर्घटना भएको हो।

दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

५ जना गम्भीर घाइतेहरूलाई एम्बुलेन्स र बाँकी घाइतेलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ।