अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


राजविराज– हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका-१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका-१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो।

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। राजविराजबाट पश्चिम जाँदै गरेको स १० प ४७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।