अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैनः महासचिव पोखरेल

मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैनः महासचिव पोखरेल


देउखुरी-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताउनु भएको छ।

नेकपा (एमाले) जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको विजया दशमी, दीपावली, नेपाल संवत् ११४४ र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताउनु भयो ।

उहाँले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गर्नुभयो । अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने उहाँको तर्क थियो ।

दशैं पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताउनु भयो। शहर र गाउँलाई दशैंले जोडेको उहाँले उल्लेख गर्नुभयो ।