अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु

झापामा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु


झापा-झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार  मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका ३५ वर्षीय याम भट्टराई र स्कुटरको पछाडी सवार सोही ठाउँका ३६ वर्षीय रोशन लुंगलीको मृत्यु भएको हो।

भट्टराईको घटनास्थलमै र लुंगेलीको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। रासस