अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङ केन्द्रविन्दु भएर लगातार परकम्प

धादिङ केन्द्रविन्दु भएर लगातार परकम्प


काठमाडौँ-आइतबार बिहान शक्तिशाली भूकम्प गएपश्चात् धादिङ केन्द्रविन्दु भएर लगातार परकम्पहरू गइरहेका छन्। आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् । आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ।

बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ।

यो पनि

अपडेट: धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं उपत्यकामा भूकम्पको धक्का