अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, प्रहरीसहित ४ जना घाइते

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, प्रहरीसहित ४ जना घाइते


रौतहट-रौतहटको चन्द्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमै जोडिएको चन्द्रपुर-५ राजपैडामा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया मनीयादेवी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

घाँस काट्न घर नजिकैको जंगलमा गएको बेला शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो। 

हात्तीले आक्रमण गर्न थालेपछि ज्यान जोगाउन भागेकी धामीको शव आइतबार बिहान स्थानीय चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा फेला परेको हो।  

धामीसँगै घाँस काट्न गएकी सोही ठाउँकी ५३ वर्षीया अघनिया देवी चौधरी र ६० वर्षीया पनाबती देवी हात्तीको आक्रमणबाट घाइते भएका छन्। 

हात्तीले आक्रमण गर्न थालेपछि उनीहरुले भागेर ज्यान जोगाएका हुन्। गएरातिदेखि बेपत्ता भएकी धामीलाई खोज्न गएका प्रहरी पनि भागदौडका क्रममा घाइते भएका छन्।

आइतबार बिहान स्थानीय वासी, नेपाली सेना, प्रहरी र जिल्ला वन कार्यालय रौतहटका कर्मचारीको टोलीले खोजतलासको क्रममा महिलाको शव फेला पारेको इलाका प्रहरी कार्यालय जानकारी दिएको छ।