अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो


पोखरा-गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ। पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो।

पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको थियो ।