अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युु

बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युु


बैतडी-बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ। जिल्लाको पाटन नगरपालिका-५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन्। चन्द पाटन-मेलौली सडकखण्डको पाटन नगरपालिका-५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेट्टिएका हुन्।

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। चन्दको भीरबाट लडेर मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

यस्तै भीरबाट लडेर पाटन नगरपालिका वडा नं ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका वडा नं २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ।