अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा तास खेलिरहेका ८ जना पक्राउ

काभ्रेमा तास खेलिरहेका ८ जना पक्राउ


काभ्रे-काभ्रेको नमोबुद्धबाट प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ।

गएराति डेढ बजे नमोबुद्ध नगरपालिका १० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

उनीहरुको साथबाट एक लाख ५३ हजार चार सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।