अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका केन्द्रीय परिषद् सदस्य गैरे एमालेमा प्रवेश

नेकपा एसका केन्द्रीय परिषद् सदस्य गैरे एमालेमा प्रवेश


दाङ-नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा फर्किनुभएकाे छ।

दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे एमालेमा प्रवेश गर्नुभएकाे हाे। 

गैरेलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराउनुभयाे। दाङका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दै जाँदा एकीकृत समाजवादीलाई ठूलो झड्का लागेको छ।

यसअघि जिल्ला अध्यक्षसहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका छन्। दाङमा अब समाजवादी रित्तिदैँ गएकाे छ। क्षेत्र नं. १ बाट निर्वाचित सांसद मेटमणी चौधरी आफ्नो निर्वाचन क्षेत्रमा एक्लिँदै जान थालेका हुन् । उहाँलाई साथ दिएकाहरु अहिले एमालेमा फर्किसकेका छन्।