अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको चियापान कार्यक्रम कात्तिक १५ गतेलाई सर्‍यो

एमालेको चियापान कार्यक्रम कात्तिक १५ गतेलाई सर्‍यो


काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण नेकपा (एमाले)ले निर्धारित समयभन्दा एक दिन ढिलो गरी कात्तिक १५ गतेका लागि सरेको छ । यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्तिक १५ गते गर्ने एमालेले जानकारी दिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो।

‘नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दसैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते गरिने भएको छ,’ एमालेले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको छ।’

उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनुभयो।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको एमालेले जानकारी दिएको छ।

बैठकमा जनसंगठनका प्रमुखहरुलाई पार्टीका उपमहासचिवद्धय प्रदीप ज्ञवाली, विष्णु रिमाल र संयन्त्रका प्रमुख भानुभक्त्त ढकालले तयारीको लागि जनसंगठनहरुले गर्नु पर्ने कामको बारेमा निर्देशन दिएका थिए।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ठीक १२ः१५ बजेबाट सुरू हुने बताइएको छ।