अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सिंहदरबारमा के-के भयो छलफल ?

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सिंहदरबारमा के-के भयो छलफल ?


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच पछिल्लो देशको राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ। 

शुक्रबार सिंहदरबारमा दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन विषयमा छलफल भएको बताउनु भयो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको १२ गतेदेखि हुने नेपाल भ्रमण, नेपालको पछिल्लो राजनीतिक अवस्था र संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा लग्ने विषय मुख्य छन्।

गुटरेसको नेपाल भ्रमणका विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिएको उहाँले बताउनु भयो । त्यस्तै, कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयमा पनि उहाँहरूबी छलफल भएको छ। 

अमिर शेख आगामी कात्तिक २० गते नेपाल आउने तयारीमा हुनुहुन्छ। उहाँ दुई दिने भ्रमणका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पछिल्लो राजनीतिक अवस्थाका विषयमा सबै दल मिलेर जाने विषयमै समझदारी जुटाउन आज छलफल भएको बताउनु भयो। उहाँले भन्नुभयाे, ‘राजनीतिक अवस्था, अहिलेको सिस्टम, गणतन्त्र, संघीयतालाई सबै दल मिलेर प्रभावकारी कार्यान्वयन गराउन आवश्यक छ, यसमा एउटा महत्वपूर्ण समझदारी बनाएर जाने विषयमा सम्माननीय प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद गर्नुभएको हो। संविधान र सिष्टमलाई बलियो बनाउन यो व्यवस्था ल्याउने शक्ति एकै ठाउँमा उभिनैपर्छ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) संसद्‌बाट छिटो पारित गर्ने विषयमा पनि छलफल भएको छ। 

छलफलमा बेपत्ता नागरिक खोजबीनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संसद्‌मा अघि बढाउन सकारात्मक रहेको अध्यक्ष ओलीको भनाई छ।

टीआरसीलाई दसैँ लगत्तै बस्ने संसद् बैठकमा पेस गर्ने तयारी छ।

याे पनि

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता