अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी प्रदेशको शपथग्रहण कात्तिक १३ गते

एमाले गण्डकी प्रदेशको शपथग्रहण कात्तिक १३ गते


काठमाडौं-नेकपा एमाले प्रथम गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण तथा कार्यकर्ता भेला कात्तिक १३ गते हुने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो। पोखरा सभागृहमा कार्यक्रम हुने नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ। 

कार्यक्रममा नवनिर्वाचित कमिटीका पदाधिकारी, सदस्यहरू र पार्टीका  जिल्ला कमिटी, महानगर कमिटी, नगर कमिटी, गाउँपालिका पदाधिकारी र सदस्यका साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधि सहभागी हुने बताइएको छ। गत भदौ १५ र १६ गते पोखरामा भएको अधिवेशनबाट प्रदेशको नयाँ नेतृत्व चयन भएको थियो ।  

एमाले गण्डकीको प्रथम अधिवेशनबाट नवराज शर्माको नेतृत्वमा प्रदेश कमिटी निर्वाचित हुनुभएको थियो। कमिटीको उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिव द्वयमा माया अधिकारी र दामबहादुर विक निर्वाचित हुनुभएको थियो ।