अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका लागि सरकार प्राथमिकता होइन: महासचिव पोखरेल

एमालेका लागि सरकार प्राथमिकता होइन: महासचिव पोखरेल


तुलसीपुर-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन गरेको जानकारी दिनुभयो ।

उहाँले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताउनुभयो। महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैङ्कको लगानीमा सुरु भए अवस्था सुधार नहुने बताउनुभयो। 
'फेरि पनि एक्जिम बैङ्कले चारलेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन', उहाँले भन्नुभयो, “एक्जिम बैंकले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन।'